मर्जर प्रक्रियामा रहेको सिद्धार्थ इन्स्योरेन्समा कस्को शेयर हिस्सा कति ?

२९ पुष २०७९, शुक्रबार १६:४५

काठमाडौं । प्रिमियर इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको सिद्धार्थ इन्स्योरेन्समा कम्पनीका संचालक राहुल अग्रवालको सबैभन्दा बढी शेयर रहेको छ । कम्पनीका अध्यक्ष रतनलाल केडियाको शेयर भन्दा राहुल अग्रवालकोे शेयर सबैभन्दा धेरै रहेको छ ।

सञ्चालक समुह तर्फमा सबैभन्दा बढी राहुल अग्रवालको ४३ करोड ७९ लाख २५ हजार कित्ता शेयर संख्या रहेको छ । त्यस्तै दोस्रोमा पवन कुमार अग्रवालको ३६ करोड १२ लाख ८८ हजार कित्ता शेयर रहेको छ ।

संस्थामा सुमित कुमार केडियाको २२ करोड ८९ हजार कित्ता शेयर रहेको छ । अन्तिममा संस्थामा सवैभन्दा कम रतनलाल केडियाको १३ करोड ६५ लाख ५२ कित्ता शेयर स्वामित्व रहेको छ ।

सञ्चालक समुहका रामेश्वर प्रसाद वस्याल र हसना शर्माको शेयर स्वामित्व रहेको छैन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*