५ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ र चाँदीको मुल्य हिजोको दाजोमा स्थिर रहेको छ ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ३ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३ हजार ४ सय रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय ६५ रुपैयाँमा कारोवार भैरहेको छ ।