सन नेपाल लाइफद्धारा साढे ११ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

२८ पुष २०७९, बिहीबार १७:३३

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको जनकपुर शाखाले बीमितको हकवालालाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

जनकपुर शाखा वरिषठ प्रबन्धक नवराज चैधरीबाट गणेशमान चारनाथ नगरपालिका वडा नं. ५, धनुषामा, गत मंसिर १० गते कालगतीबाट मृत्यु भएका मृतक धनेश्वर राय अमातको हकवाला श्रीमती अनिता कुमारी रायलाई बीमा दाबी वापतको रकम ११ लाख ५० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*