मितेरी डेभलपमेन्ट बैंकद्धारा चार संचालक नियुक्त, अध्यक्षमा किसन मास्के
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको अध्यक्षमा किसन मास्के नियुक्त भएका छन् । बैंकको पुष २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट संचालक समितिको अध्यक्षमा मास्के चयन भएका हुन् ।
साथै सोही सभाबाट बैंकको संचालक समितिमा संस्थापक समूहबाट किसन मास्के, गम्भिरमान तण्डुकार र मेघराज श्रेष्ठ र स्वतन्त्र संचालकमा नेत्र प्रसाद दाहाल निर्वाचित भएका छन् ।