माघ महिनामा ब्याजदर घटाउने बैंकर्स संघको निर्णय
नेपाल बैंकर्स संघले माघ महिनाको लागि ब्याजदर घटाउने निर्णय गरेको छ। संघको आज बसेको बैठकले माघ महिनाको लागि १.१३ प्रतिशतको दरले ब्याजदर घटाउने निर्णय गरेको हो ।
नेपाल बैंकर्स संघले जनाएको हो । संघको आज सम्पन्न विशेष साधारणसभाबाट सुनिल केसी सर्वसम्मत संघको अध्यक्ष चयन भएका हुन् ।
बैंकहरुबीच व्यक्तिगततर्फ मुद्दति निक्षेपको पुसमा कायम ब्याजदरलाई १०.३ प्रतिशतले घटाउने सहमति बनेको हो।
वाणिज्य बैंकहरुले माघमा व्यक्तिगत मुद्दति निक्षेपको ११ प्रतिशत, संस्थागत मुद्दति निक्षेपको ९ प्रतिशत र रेमिट्यान्समा १२ प्रतिशत ब्याजदर कायम हुने भएको छ।
बैंकहरुले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा दिने ब्याजदरमा २ प्रतिशतको अन्तर कायम गर्दै आएका छन्। यही व्यवस्थाअनुसार संस्थागत निक्षेपको ब्याज अधिकतम ९ प्रतिशत कायम भएको हो।
मुद्दति निक्षेप र बचतको ब्याजदर अन्तर ५ प्रतिशत राख्नुपर्ने नियम भएकोले अब बचतको ब्याजदर पनि सोही अनुपातमा घट्नेछ।