राष्ट्रिय बीमा कम्पनीका कर्मचारीलाई ५० लाख सम्मको गाडी किन्ने सुविधा दिने तयारी
२७ पुष २०७९, बुधबार १४:५१
काठमाडौं । सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुलाई ५० लाखसम्मको गाडी किन्ने सुविधा दिने प्रस्ताव बोर्डमा अघि बढाइएको छ । आज बसेको सञ्चालक समितिको बैठकमा सो सम्बन्धी प्रस्ताव पेश गरिएको छ ।
लामो समयदेखि बार्षिक साधारणसभा गर्नै नसकेको तथा वित्तीय विवरण समेत तयार पार्न नसकेका कर्मचारीहरुलाई यसअघि घर किन्न ३६ लाख सम्मको ऋण सुविधा दिइएको थियो । सो ऋण सुविधाको सम्बन्धमा समेत विवाद बाँकी छ ।
नयाँ अध्यक्षलाई खासै जानकारी नभएको र अर्थमन्त्रालयका कर्मचारीहरुले समेत राम्रोसँग ध्यान नदिँदा सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीमा स्रोतको दुरुपयोग बढ्दो छ । यसै क्रममा कर्मचारीहरुलाई गाडी किन्न ५० लाख रुपैयाँको ऋण सुविधा दिन लागिएको हो ।