बीमा प्राधिकरणद्धारा विधार्थीहरुसँग बीमा सम्बन्धी अन्तक्रिया
काठमाडौं । नेपाल बीमा प्राधिकरणले कालीगण्डकी गाउँपालिकामा बीमा सम्बन्धी जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।प्राधिकरणले कालीगण्डकी गाउँपालिक जैपते स्याङ्जा स्थित विरेन्द्र माध्यमिक विधालयमा बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको प्रमुख अतिथि एवं विधालयका प्राध्यानाध्यापक ठग वीर राना, बिशेष अतिथिमा सह प्राध्यापकमा कमल प्रसाद न्यौपाने र विधालयको अन्य शिक्षक शिक्षिका र विधार्थीहरु माझ कार्यक्रम सम्पन्न गरिएको थियो ।
उक्त कार्यक्रमको प्रस्तुतीकरण बीमा प्रधिकरणका उप निर्देशक केशव प्रसाद दहालले गरेको थियो ।कार्यक्रम उद्घोषण प्राधिकरणका सहायक निर्देशक सुन्दर प्रसाद शर्मा , स्वागत मन्तव्य कम्प्युटर प्राविधिक कृष्णराज अधिकारी र कार्यक्रम प्रस्तुती प्राधिकरणका उपनिर्देशक केशव प्रसाद दाहालले गरेका थिए ।
कार्यक्रममार्फत आफूहरुले बीमाबारे जानकारी पाएकोमा बीमा प्राधिकरणलाई धन्यवाद समेत दिएका थिए ।