बीमा प्राधिकरणद्धारा महालक्ष्मी लाइफको सिईओ भट्टराईको कार्यकाल थप गर्न अनुमति
२५ पुष २०७९, सोमबार १८:२८
काठमाडौं । नेपाल बीमा प्राधिकरणले महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रमेश कुमार भट्टराईको कार्यकाल थप्न गन अनुमति दिएको छ।
कम्पनीको सञ्चालक समितिले गत २३ गते नै प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्ति गर्ने निर्णय गरेको थियो । रमेश कुमार भट्टराई वाणिज्य विषयमा स्नाकोत्तर र कानूनमा स्नातक तह अध्ययन गरेका छन् । बीमा तथा बैकिङ क्षेत्रको ३५ वर्षको कार्य अनुभव रहेको छ।
उनीसँग बीमा तथा बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृत रूपमा महालक्ष्मी फाइनान्स लि।, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि, एशियन लाईफ इन्स्योरेन्स कम्पनी लि। र महालक्ष्मी विकास बैंक लि।मा २२ वर्ष भन्दा बढी अवधि कार्य गरेका छन् ।