यी हुन् नेपाल इन्स्योरेन्समा ठूला शेयर स्वामित्व हुने सञ्चालक र पदाधिकारी, कसको कति ?

२४ पुष २०७९, आईतवार १३:३०

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७४ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । इन्स्योरेन्सले सभा मार्फत लाभांस प्रस्ताव सहित अन्य प्रस्तावहरु पारित गरेको छ । इन्स्योरेन्समा सबैभन्दा धेरै लगानी रहेको सञ्चालक एवम पदाधिकारीको विवरण यस प्रकार रहेको छ ।

नेपाल इन्स्योरेन्समा सबैभन्दा बढी शेयर स्वामित्व सञ्चालक तर्फ कम्पनीका अध्यक्ष अर्जुन पौडेल शर्माको रहेको छ । उनको इन्स्योरेन्समा ११ हजार ९ सय ८९ कित्ता शेयर स्वामित्व रहेको छ ।

त्यस्तै, सञ्चालक तर्फका सबिता श्रेष्ठ जोशिको ५ हजार १ सय ७५ कित्ता शेयर स्वामित्व रहेको छ । नेप्सेका पुर्व सिइओ तथा संचालक चन्द्रसिंह साउदको ८ सय ३६ कित्ता शेयर रहेको छ । इन्स्योरेन्समा पदाधिकारी तर्फमा वरिष्ठ प्रबन्धक हरिहरमानसिंह बस्नेतको सबैभन्दा बढी शेयर स्वामित्व रहेको छ । कम्पनीमा उनको २ हजार ६७ कित्ता बराबरको शेयर स्वामित्व रहेको छ ।

त्यस्तै, कम्पनीमा वरिष्ठ प्रवन्धक समुन्द्र के.सी. को २ सय ३३ कित्ता शेयर स्वामित्व रहेको छ । मुख्य प्रवन्धक ८३ कित्ता शेयर स्वामित्व रहेको छ । कम्पनीमा सबैभन्दा कम शेयर स्वामित्व वरिष्ठ प्रबन्धक गोकर्णप्रसाद खतिवडाको १९ कित्ता शेयर स्वामित्व रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*