एलआईसी नेपाललाई हकप्रद शेयर निष्कासन गर्नका लागि बीमा प्राधिकरणले सैद्धान्तिक स्वीकृती
२२ पुष २०७९, शुक्रबार १३:१७
काठमाडौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडलाई हकप्रद शेयर निष्कासन गर्नका लागि नेपाल बीमा प्राधिकरणले सैद्धान्तिक स्वीकृती प्रदान गरेको छ ।
बीमा प्राधिकरणले कम्पनीलाई ८८ दशमलव ४५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न पुस २१ गतेको पत्र मार्फत सैद्धान्तिक सहमति प्रदान गरेको हो ।
अव कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव विशेष साधारण सभाबाट पारित गरि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिई स्वीकृती पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछ । उक्त हकप्रद शेयर पारित गर्न कम्पनीले आगामी माघ ३ गते विशेष साधारण सभा गर्ने जानकारी दिएको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू। २ अर्ब ६५ करोड रहेको छ । यो हकप्रद शेयर निष्कासन पछि पूँजी रू। ५ अर्ब पुग्नेछ ।