सिटिजन लाइफ इन्स्योरेन्स म्याग्दी शाखाद्धारा १ करोड मृत्यु दावी रकम भुक्तानी

२२ पुष २०७९, शुक्रबार ११:१०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एक जना दिवंगत विमितका परिवारलाई रु १ करोड मृत्युदावी रकम भुक्तानी गरेको छ ।विहिवार बेनीमा आयोजित बीमा सचेतना कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घारका दिवंगत कृष्ण बरुवालको परिवारलाई रु १ करोड ५० हजार रकम हस्तान्तरण गरिएको हो ।

सिटिजन शुभारम्भ बीमा योजना अन्तरगत गत असार ३१ गते जीवन बीमा गर्नुभएका बरुवालको गत मंसिर २१ गते बेनीमा क्याम्पस भवन निर्माण योजनाको नापजाँचको क्रममा ढिस्कोले पुरिएर मुत्यु भएको थियो । रु ५० लाखको विमालेख पोलिसी खरिद गर्नुभएका बरुवालको घरपरिवारलाई बीमाङ्क रकम रु ५० लाख, दुर्घटना मृत्यु लाभ वापतको रकम र रु ५० लाख र किरिया खर्च बापतको रु ५० हजार गरि एकमुष्ठ रु १ करोड ५० हजार रकम हस्तान्तरण गरिएको कम्पनीका म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदीले जानकारी दिएका थिए ।

उहाँका अनुसार, २० बर्षको पोलिसी खरिद गरेका बरुवालले प्रत्येक बर्ष रु २ लाख ६५ हजार ३५७ प्रिमियम तिर्ने गरि बीमा गर्नुभएको थियो भने एक बर्षको मात्रै रकम उहाँले भुक्तानी गरेको थियो ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बरुवालका घरपरिवारलाई उक्त मृत्युदावि रकमको चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा महजोडीले जीवन बीमा भविष्यको बचत र आपतको सहयोगी भएकाले जीवन बीमाको पहुँच हरेक नागरिकसम्म पु¥याउन जरुरी रहेकोमा जोड दिएका थिए । ‘‘मानिसको जीवनको आफैमा भर हुँदैन, नेपालमा स्वास्थ्य उपचार अत्यन्त महंगो छ, कम्तिमा आफुले सक्ने क्षमताको वीमा गरेमा त्यसले उपचारमा ढुक्क बनाउँछ, विरामी हुनै नपरे भविश्यमा बचतको रुपमा फिर्ता पाईन्छ’’–श्रेष्ठले भने ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल ज्यूले मानिसका चिन्ता र चुनौतिहरुलाई व्यवस्थापन गर्ने सोचका साथ वीमाको अवधारणाको विकास भएको बताउँदै वीमाको पहुँचलाई विस्तार गर्नुपर्नेमा जोड दिए । उनले नयाँ कम्पनीको रुपमा स्थापित भएको सिटिजन लाइफले विमितहरुमा नविन, नयाँ र आकर्षक सुविधा सहित आएको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*