प्रचण्डलाई विश्वासको मत लिन नदिन भारतीय गतिविधि बढ्दै, शुक्रबार विशेष मिशन काठमाडौं उत्रने

२१ पुष २०७९, बिहीबार २३:०८

काठमाडौं । यही पुस २६ गते नव गठित सरकारले संसदमा लिन लागेको विश्वासको मतलाई भाँड्न दक्षिणी छिमेकी मुलुक भारतका विशेष टोली शुक्रबार काठमाडौं उत्रने भएको छ । भारतीय जासुसी संस्था रअका नेपाल प्रमुख राघव प्रसाद भट्नागर एक साता लामो दिल्ली बसाई सकेर दुई दिन पहिलो काठमाडौं उत्रिएका छन् । उनले भोलि शुक्रबार काठमाडौं उत्रने भारतीय विशेष टोलीको व्यवस्थापनको सबै तयारी पूरा गरिसकेका छन् ।

नयाँ सरकार गठन भएको एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसको लागि प्रचण्डले एक महिनाको समय नकुरी आगामी पुस २६ गतेको लागि आह्वान गरिसकेका छन् । तर, नयाँ सरकारलाई महिना पनि टिक्न नदिई ढाल्नको लागि भारतीय गुप्तचरदेखि सेनाका मानिससम्मले सक्रिय भूमिका खेलेकाे पाईएको छ । रअका नेपाल प्रमुखले बुधबार गृहमन्त्री रवि लामिछाने निकट ग्यालेक्सी टिभीका दुई जना पत्रकारलाई भेटवार्ता गरी लामिछानेसँग सेटिङ मिलाउने प्रयत्न गरेका छन् ।

त्यस्तै, एमालेभित्र पनि चर्को विवाद सिर्जना गर्ने प्रयत्न सुरु गरिएको छ । माओवादीभित्र यसअघि सरकारमा बसेर रजाई गरेको समुहलाई साथ लिएर भारतीय तत्वहरुले नव गठित सरकारलाई बहुमतका लागि चाहिने १३८ सिट पुग्न नदिन प्रयत्नशिल रहँदै आएको छ । केपी ओलीको पालामा रोकिएको रअका एजेन्टहरुको तलव बृद्धि गर्दै बहुमत पुग्न नदिन लविङ भइरहेको छ ।

नेपालको राजनीतिमा प्रत्यक्ष हस्तक्षेप गर्दै आएको भारतले पछिल्लो समय विभिन्न मिडियामार्फत प्रचण्डले विश्वासको मत नपाउने हल्ला फैलाउने प्रयत्न समेत गरिरहेको छ ।

यद्यपि माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओली भने स्पष्ट बहुमत पाउनेमा निर्धक्क देखिएको छ । माओवादी निकट एक स्रोतका अनुसार सात वटै पार्टीका अध्यक्षहरुले राष्ट्रपति समक्ष बुझाएको लिखित निवेदनमा हस्ताक्षर गरेकोले राजनीतिक रुपमा इमान्दारपूर्वक यस पटक मतदान गरेर नव गठित सरकारलाई अघि बढाउनेमा शंका गरेको छैन । एमालेभित्र केही नेताहरु भारतको ब्याकिङमा कुर्लदै गरेपनि ओली प्रतिबद्ध भएकोले समस्या नहुने, नयाँ पार्टी स्वतन्त्र पार्टीले राजनीतिक रुपमा बेईमान नगर्ने, राप्रपा सरकारमा सहभागी नभए पनि वर्तमान सरकारलाई मतदान गर्न प्रतिबद्ध रहेकोले प्रधानमन्त्री प्रचण्डले स्पष्ट बहुमत पाउने निश्चित छ ।

उता, भोलि आउने भारतीय टोलीले माघको अन्तिममा हुने राष्ट्रपतिको निर्वाचनलाई प्रभावित पार्ने गरी काम गर्नसक्ने जनाइएको छ । भारतीय टोलीमा को को छन् भनेर स्पष्ट पारिएको छैन । यद्यपि भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीका सुरक्षा सल्लाहकार अजित डोभल राष्ट्रपतिको निर्वाचन अघि काठमाडौं आउने जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*