प्रिमियर इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला कारोबार ?
२१ पुष २०७९, बिहीबार १५:५५
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई क्रम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले मेरो माइक्रोफाइनान्स र प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो ।
मेरो माइक्रोफाइनान्सले १० प्रतिशत र प्रिमियर इन्स्योरेन्सले १४.५० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुवै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम मेरो माइक्रोफाइनान्सको ९४३ रुपैयाँ ९० पैसा र प्रिमियरको ७८८ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य मेरो माइक्रोफाइनान्सको ८५८ रुपैयाँ ९ पैसा र प्रिमियरको ६८९ रुपैयाँ ७२ पैसा कायम गरेको छ ।
सोही मूल्यकै आधारमा आइतबार यी दुवै कम्पनीको शेयरबजारमा कारोबार खुल्नेछ ।