सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी रकम भुक्तानी
२१ पुष २०७९, बिहीबार १४:१९
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले पौस २० गते डडेल्धुराको आलिताल गाउँ पालिका ४ स्थीत मृतकको घर आँगनमा गई मृत्युदावी रकम भुत्तानी गरेको हो ।
कम्पनीले बीमित स्वर्गिय तारा सिंह बोहराकि श्रीमती धौली देवी बोहरालाई किरीया खर्च बीमाङ्क र बोनस गरी ३ लाख ५२ हजार ६ सय ८८ रुपैयाँको चेक रकम कम्पनीका जोगबुढा उपशाखा प्रमुख विर बहादुर खातीले हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा कम्पनीका जोगबुढा उपशाखा प्रमुख विर बहादुर खातीले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए ।
साथै उक्त मृत्युदावी रकम भुत्तानी कार्यक्रममा स्थानीयनिकायका जनप्रतिनिधि, आम सर्वसाधारण र अभिकर्तंहरुको वाक्लो उपस्थिती रहेको थियो ।