कपिलवस्तु नगरपालिकामा बीमा प्राधिकरणको बीमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२० पुष २०७९, बुधबार १७:१४

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा बीमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले बीमा सचेतना कार्यक्रमअन्तर्गत कपिलवस्तु नगरपालिकामा ९० जनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

प्राधिकरणका उप–निर्देशक विरोध भट्टको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा कपिलवस्तु नगरपालिकाका प्रमखु सुदिप पौडल र अन्य विशेष अतिथिहरुमा नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी (निप्स)का लुम्बिनी प्रदेशका अध्यक्ष विश्वदिप पौडेल, निप्स लुम्बिनी प्रदेशका सल्लाहकार रमेश थापा, नेपाल इन्स्योरेन्स सर्भेयर एसोसियशन (निसा)का लुम्बिनी च्याप्टरका अध्यक्ष तथा को–अर्डिनेटर गोविन्द लामिछाने र बीमा प्राधिकरणका सहायक निर्देशक अनुराग पाण्डे रहेको थिए ।

साथै अन्य अतिथिहरुमा कपिलवस्तु नगरपालिका भित्रका वडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, विभिन्न बीमा कम्पनीका क्षेत्रीय तथा शाखा प्रमुखहरु लगायत रहेका थिए ।

उक्त कार्यक्रममा बीमा प्राधिकरणका उपनिर्देशक भट्टले सहभागीहरुको प्रश्नलाई समेट्दै आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागीहरुले बीमा कम्पनीहरुले समयमै बीमा दाबी भुक्तानी नगर्ने जस्ता गुनासोहरु व्यक्त गरेका थिए । सोही प्रश्नलाई समर्थन गर्दै भट्टले बीमितहरुलाई बीमा दाबी नभएको खण्डमा चाँडो उजुरी गर्न र बीमा कम्पनीहरुलाई पनि बीमा दाबीको लागि चाँडै प्रक्रिया अघि बढाउन आग्रह समेत गरे ।

साथै सोही कार्यक्रममा कपिलवस्तु नगरपालिकाका अध्यक्ष सुदिप पौडेलले नगरपालिकाका प्रत्येक वडाभित्र स्वास्थ्य बीमामा दिदै आएको ५० प्रतिशत अनुदान प्रदान गर्दै आएको बताए । साथै आगामी दिनमा बीमा प्राधिकरणसँग समन्वय गरी कृषि तथा पशुबीमाका लागि पहल गर्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*