आइएमई लाइफ इन्स्योरेन्सद्धारा ४२ शाखा प्रमुख माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले सातै प्रदेशका लागि ४२ वटा शाखाका लागि ब्रान्च म्यानेजर माग गरेको हो ।
कम्पनीले प्रदेश १ का लागि ३ वटा शाखा, मधेश प्रदेशका लागि ७ वटा शाखा कार्यालय, बागमति प्रदेशका लागि ९ वटा शाखा कार्यालय, गण्डकी प्रदेशका लागि ९ वटा शाखा कार्यालय, लुम्बिनी प्रदेशका लागि ३ वटा शाखा कार्यालय, कर्णाली प्रदेशका लागि ८ वटा शाखा कार्यालय र सुदुरपश्चिम प्रदेशका लागिव ३ वटा शाखा कार्यालय गरी कुल ४२ वटा शाखा कार्यालयका लागि ४२ जना शाखा प्रमुख माग गरेको हो ।
सो पदका लागि कम्पनीले न्युनतम स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । यसका साथै कम्पनीले केही संख्यामा सेल्स एक्ज्युकेटिभ र क्वालिभाइड सीए समेत माग गरेको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले माघ १४ गतेसम्म कम्पनीको इमेल [email protected] मार्फत दरखास्त दिन सक्नेछन् ।