ललितपुर महानगरले नगरबासीको स्वास्थ्य बीमा गर्दै
काठमाडौं । ललितपुर महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको छ । मेयर चिरीबाबु महर्जनले महानगरले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने बताएका छन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले स्वास्थ्य बीमा कार्यक्रमबाट ललितपुरबासी छिट्टै लाभान्वित हुने बताए । ‘हामी यो कार्यक्रम प्रभावकारी बनाउँछौं,’ उनले भने।
स्वास्थ्य बीमा बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भुप्रसाद ज्ञवालीले बीमा कार्यक्रममा सहभागी हुन ५ जनासम्मको परिवारले वार्षिक रुपमा प्रतिपरिवार तीन हजार पाँच सय रकम प्रिमियम स्वरुप बुझाउनुपर्ने बताए । ‘प्रिमियम बराबरको रकम बुझाएपछि एक लाख बराबरको स्वास्थ्य सेवा लिन पाइन्छ,’ उनले भने ।
गरिब, एचआइभी. संक्रमित, अति अशक्त, अपागंता भएका परिवारलाई प्रिमियम वापतको शूल्कमा छुटका व्यवस्था गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविकाको परिवारलाई पिम्रियम रकममा ५० प्रतिशत छुटको व्यवस्था रहेको छ ।
७० वर्ष पुगिसकेका जेष्ठ नागरिकको हकमा पूरा छुटको व्यवस्था गरिएको छ। ज्येष्ठ नागरिकले स्वास्थ्य बीमाबाट एक लाखसम्मको उपचार सेवा पाउने व्यवस्था छ । स्वास्थ्य बीमा कार्यक्रम ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४५ स्थानीय तहमा लागू भइसेको छ।