लुम्बिनी जनरल इन्स्योरेन्सका संचालक गणेश राज रेग्मीद्धारा राजिनामा
१९ पुष २०७९, मंगलवार १२:४९
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडका संचालक गणेश राज रेग्मीले राजिनामा दिएका छन् ।
सर्वसाधारण शेयरधनीहरुको समूहबाट निर्वाचित संचालक रेग्मीले आफ्नो व्यक्तिगत कारण देखाइ राजिनामा दिएकोमा कम्पनीको पुष १९ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।