प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

१९ पुष २०७९, मंगलवार १०:०४

काठमाडौं । प्रुडेन्सियल इन्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुष १८ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापुँजीको ६.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हु्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*