सन नेपाल लाइफद्धारा १२ लाख रुपैयाँको बीमा दावी भुक्तानी

१८ पुष २०७९, सोमबार १४:४३

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी रकम भुक्तानी गरेको छ । कम्पनीको बिरगंज शाखा कार्यालयले पौस १८ गते एक कार्यक्रम आयोजित गरी स्थाई पुर्ण अशक्त अपाङ्ग दावी रकम भुक्तानी गरेको हो ।

कार्यक्रममा बरथवा ७ सर्लाही निवासी अरुण कुमार रायको श्रीमति शकुन्तला कुमारीलाई १२ लाख रुपैयाँको चेक बिमितका जेठो छोरा र उनकि सासुआमाको उपस्थितिमा बिरगंज शाखाको शाखा प्रबन्धक श्रीराम प्रसादले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।

अरुणकुमार राय बैदेशिक रोजगारी गएको बेला बिदेशमा अचानक बसमा बेहोस भई स्थाई अशक्त अपाङ्ग भएकोले बैदेशिक रोजगारी म्यादी जीवन बीमा वापतको १२ लाख रुपैयाँ बाराबरको चेक हस्तान्तरण गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*