नर्भिक इन्टरनेशनल हस्पिटलद्धारा मृगौला प्रत्यारोपण सेवा सुरु

१८ पुष २०७९, सोमबार १४:२३

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको सहर्ष जानकारी गराउन चाहन्छौं । विगत ३० वर्षदेखि अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रवाहमा कटिबद्ध रहँदै आएको नर्भिकले मृगौला प्रत्यारोपण सेवाको समेत सुरुवात गरेको हो ।

यस क्रममा नर्भिकले हालसम्म २ व्यक्तिको मृगौलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिसकेको छ । मृगौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमाल उनकी ५५ वर्षीया पत्नीले दान दिएको मृगौला सफलतापूर्वक प्रत्यारोपण गरिएको छ भने ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षीया छोरीले दिएको मृगौलाको सफल प्रत्यारोपण गरिएको छ ।

नर्भिक अस्पतालका विज्ञ चिकित्सकद्वय डा. राकेश बर्मा र डा. आर. के. अग्रवाल नेतृत्वको विज्ञ तथा सल्लाहकारहरुको टिमले मृगौला प्रत्यारोपण सेवा दिदै आएको छ । सफलतापूर्वक मृगौला प्रत्यारोपण सम्पन्न गरिएका २ वटा केशमध्ये पहिलो केही जटिल रहेको थियो । पहिलो पटक नर्भिकमा मृगौला प्रत्यारोपण गरिएको विरामीमा मुटुको धमनीमा समस्या लगायतका जटिलता थियो । तर, नर्भिकमा भएको सबै खालका स्वास्थ्य समस्याको स्तरीय उपचार सेवाको सहज उपलब्धताका कारण जटिल हुँदाहुँदै पनि सफलतापूर्वक प्रत्यारोपण भएको छ ।

मल्टिस्पेशाल हस्पिटल भएका कारण मृगौला प्रत्यारोपण अघि र पछि देखिने अन्य स्वास्थ्य समस्याको समाधान पनि एउटै छानामुनि हुने र यस्ता केन्द्रहरुमा प्रत्यारोपणका क्रममा जोखिम कम हुने भएका कारण समेत नर्भिकमा सुरु भएको मृगौला प्रत्यारोपण सेवाले विशेष महत्व राख्दछ । नर्भिक अस्पताल सन् १९९३ वर्षदेखि विश्वस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको स्वास्थ्य संस्था हो । हाल नर्भिकमा देशकै पहिलो र एक मात्र जेनेटिक ल्याब सहितको आइभिएफ (टेस्टट्यूब बेबी) सेन्टर समेत सञ्चालनमा छ । अत्याधुनिक उपकरणसहितको नर्भिक कस्मेटिक एण्ड डर्मा सेन्टर समेत केही महिनाअघिदेखि सञ्चालनमा आएको छ ।

यस्तै, नर्भिकमा विगत लामो समयदेखि प्रत्येक शनिवार यूरोलोजी टिमले निःशुल्क परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको छ । यसबाहेक सबै खालका स्वास्थ्य समस्याको उपचार हुने यस अस्पतालमा अत्याधुनिक उपकरण र देशमै चिनिएका विज्ञ चिकित्सकहरुले सेवा दिदै आएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*