नेशनल लाइफको कलंकी शाखाबाट एमडिआरटीका लागि ९ अभिकर्ता योग्य

१८ पुष २०७९, सोमबार १०:३९

काठमाडौं । नेशनल लाइफको कलंकी शाखाबाट एमडिआरटीका लागि ९ अभिकर्ता योग्य भएका छन् ।
एमडिआरटी (मिलियन डलर राउन्ड टेबल) क्वालिफाईड हुनको लागि २०२२ जनावरी १ देखि २०२२ डिसेम्बर ३१ तारिखसम्ममा आफ्नो व्यक्तिगत एजेन्सी कोडमा नेपाली रू. ३७९२३००(सैंतिस लाख बयानब्बे हजार तीन सय) प्रथम बीमाशुल्क संकलन गर्नुपर्ने थियो ।

सो संगठनमा सहभागी हुन योग्य भएका व्यवसाय अधिकृतहरूमा क्रमशः एकराज शर्मा, प्रकाश श्रेष्ठ, रूपक पराजुली, विनोद शर्मा, बबिता श्रेष्ठ, कविता मोक्तान, सुमित्रा कुमारी विश्वकर्मा, रविन्द्र लामिछाने,र दिपक अर्याल रहेका छन् ।

अघिल्लो वर्ष यो शाखाबाट चार जना एमडिआरटी( मिलियन डलर राउन्ड टेबल) हुन सफल भएका थिए।
यही उर्जाका साथ व्यवसाय हुँदै गर्दा यो वर्ष झन् धेरै एमडिआरटी क्वालिफाईड बनाउन सफल हुने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*