आइएमई जनरल इन्स्योरेन्सको लाभांश परिमार्जन, बोनस घट्यो
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले लाभांश संशोधन गरेको छ । कम्पनीले गत आव २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश संशोधन गरेको हो ।
कम्पनीले आव २०७८।७९ को वित्तीय विवरण स्वीकृतिको लागि नियमक निकाय नेपाल बीमा प्राधिकरणबाट प्राप्त निर्देशन बमोजिम कम्पनीको पुष १७ गते बसेको संचालक समितिको बैठकबाट प्रस्तावित लाभांश संशोधन गरेको हो ।
प्राधिकरणको निर्देशन बमोजिम कम्पनीको संचालक समितिको बैठकले कायम चुक्तापुँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश गरी कुल ६.३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।
यसअघि कम्पनीले सोही आवको मुनाफाबाट शेयरधनीहरुलाई ६.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।