जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ४८ अर्ब माथि, कुन कम्पनीको कति ? (सूची सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पाँच महिनासम्ममा ४८ अर्ब २४ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पाँच महिनाको अवधिमा उक्त रकम बराबरको नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।
सदाझै, सर्वाधिक कारोबार गर्ने नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ। कम्पनील यस त्रैमाससम्ममा १३ अर्ब ४८ करोड रुपैयाँ आर्जन गरेको छ ।दोस्रोमा एलआईसी (नेपाल)लाइफ रहेको छ । यस त्रैमाससम्ममा कम्पनीले ६ अर्ब १८ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ।
तेस्रो स्थानमा रहेको सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान रहेको छ । संस्थानले यस त्रैमाससम्ममा ५ अर्ब २४ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ।
बीमा प्राधिकरणको तथ्यांक अनुसार नेशनल लाइफले ५ अर्ब २० करोड रुपैयाँ, युनियन लाइफले २ अर्ब ५२ करोड रुपैयाँ, एशियन लाइफले २ अर्ब २५ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ५९ करोड रुपैयाँ, प्राईम लाइफले १ अर्ब ५३ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ४८ करोड रुपैयाँ, सूर्या लाइफले १ अर्ब ४२ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ४ करोड रुपैयाँ, गुराँस लाइफले १ अर्ब २ करोड रुपैयाँ, ज्योति लाइफले ९४ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
त्यस्तै, रिलायन्स लाइफले ९० करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ८६ करोड रुपैयाँ, सन नेपाल लाइफले ८० करोड रुपैयाँ, सानिमा लाइफले ६४ करोड रुपैयाँ, प्रभु लाइफले ५९ करोड रुपैयाँ, महालक्ष्मी लाइफले ४३ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।