प्रधामनन्त्री प्रचण्डद्धारा पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन

१७ पुष २०७९, आईतवार १६:४६

काठमाडौं । आइतबार अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । प्रधामनन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गरेका हुन् ।

उक्त उद्धाटन कार्यक्रममा डाकिएका पाहुना मात्रै हैन, स्थानीयहरुको पनि ठूलो सहभागिता थियो । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखराको पर्यटन क्षेत्रले थप लाभ लिने भन्दै स्थानीय र पर्यटन व्यवसायी उत्साहित छन् । त्यसको छनक उद्घाटन समारोहमा ठूलो संख्यामा स्थानीयको उपस्थितिमा पनि प्रष्ट देखिन्थ्यो ।

लामो समयअघिको योजनाअनुरुप सन् २०१४ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङबीच व्यापारिक सम्झौता भएको थियो । त्यसपछि सन् २०१६ मार्च २१ मा नेपाल सरकार र चीन सरकारबीच ऋण सम्झौता भएकामा सोही वर्षको जुन ५ मा सरकार र नागरिक उड्डयन प्राधिकरण(क्यान)बीच सहुलियत ऋण सम्झौता भएको थियो ।

चीनको एक्जिम बैंकले सन् २०१७ को मे ३१ मा ऋण स्वीकृत गरेकामा सन् २०१८ फेब्रुअरी २५ मा नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरण र चिनियाँ एक्जिम बैंकबीच विमानस्थल निर्माणका लागि आर्थिक स्रोतको सुनिश्चिता भएपछि विसं २०७४ मा मात्रै सीएएमसी इन्जिनियरिङले निर्माण थालेको थियो ।

नेपालका विमानस्थलहरुमध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानका यात्रुले एरोब्रिज प्रयोग गर्न पाउने भएका छन् । यहाँ जहाज चढाउन र झार्न भ¥याङ प्रयोग गर्नुपर्ने छैन ।

अब आन्तरिक उडान पनि अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुन थालेको छ । जोमसोममा हुने उडान, अल्ट्रालाइट र हेलिकप्टर उडान मात्र पुरानो विमानस्थलबाट हुनेछ । नयाँ सुविधा सम्पन्न विमानस्थल प्रयोग गर्न पाइने भएपछि पोखरेलीहरु उत्साहित छन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*