पाँच महिनासम्ममा जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन ११ अर्ब २७ करोड रुपैयाँ, (तथ्यांक सहित)

१७ पुष २०७९, आईतवार १६:४७

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पाँच महिनासम्ममा ११ अर्ब २७ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पाँच महिनाको अवधिमा उक्त रकम बराबरको प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

सदाझै, सर्वाधिक कारोबार गर्ने नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ। कम्पनील यस त्रैमाससम्ममा २ अर्ब १४ करोड रुपैयाँ आर्जन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । यस त्रैमाससम्ममा कमपनीले एक अर्ब ३३ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ।

तेस्रो स्थानमा रहेको एलआइसी नेपाल रहेको छ । कम्पनीले यस त्रैमाससम्ममा ८३ करोड ५९ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ। बीमा प्राधिकरणको तथ्यांक अनुसार सन नेपाल लाइफले ८२ करोड १९ लाख रुपैयाँ, सिटिजन लाइफले ८२ करोड १९ लाख रुपैयाँ, सूर्या लाइफले ५९ करोड ९५ लाख रुपैयाँ, रिलायबल नेपालले ५६ करोड ५२ लाख रुपैयाँ एशियन लाइफले ५४ करोड ६८ लाख रुपैयाँ, युनियनले ५० करोड ९० लाख रुपैयाँ, मेट लाइफले ५० करोड, ज्योति लाइफले ४८ करोड ८९ लाख, आइएमई लाइफले ४२ करोड ७२ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, सानिमा लाइफ ३२ करोड ७९ लाख, रिलायन्स लाइफ ३१ करोड ७९ लाख, राष्ट्रिय बीमा संस्थान ३१ करोड ५६ लाख रुपैयाँ, प्राइम लाइफ ३१ करोड १० लाख, प्रभु लाइफको २२ करोड ७६ लाख, महालक्ष्मी लाइफको १८ करोड ७५ लाख र गुराँस लाइफको ८ करोड ७४ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*