निर्जीवन बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति बीमाशुल्क आर्जन गरे ? (तथ्यांक सहित)
काठमाडौं । हाल नेपालमा १८ वटा निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन । निर्जिवन बीमा कम्पनीहरुले मंसिर महिनासम्म विभिन्न बीमालेखबाट कुुल १५ अर्ब ९७ करोड ८४ लाख ८२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
बीमा कम्पनीहरुको ब्यापारिक केन्द्र अथवा मानिसको चाप बढी भएको बागमती प्रदेशले १० अर्र्ब ४२ करोड ७५ लाख २६ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेर पहिलो स्थानमा रहेको छ ।
त्यस्तै, प्राकृतिक तवर र मानिसको चहलपहल कम रहेको कर्णाली प्रदेशबाट १५ करोड २९ लाख ३२ हजार रुपैयाँ संकलन भएको छ । जुन अन्य प्रदेशको तुलनामा सबैभन्दा कम बीमा शुल्क रहेको छ ।
नेपालमा भौगोलिक र मानविय संसाधनको हिसावले ७ वटा प्रदेश रहेका छन । बीमा बीमा व्यवसायीहरुले संकलन गरेको बीमाशुल्क यस प्रकार रहेको छ ।
प्रदेश १
बीमा कम्पनीहरुले प्रदेश १ बाट सम्पतिमा ५० करोड ८३ लाख ८६ हजार, ११ करोड ६ हजार, मोटरमा ५२ करोड ८८ लाख १ हजार, इन्जिनियरिङ बीमाबाट ११ करोड १४ लाख ५४ हजार, विविधमा ४ करोड ५२ लाख ४३ हजार, कृषि तथा बालि बीमाबाट ११ करोड ९६ लाख ३९ हजार र लघुबीमाबाट ५१ लाख ६८ हजार रुपैयाँ लगायर कुल १ अर्व ४२ करोड ८६ लाख ९८ हजार रुपैयाँ संकलन गरेको छ ।
मधेस प्रदेश
बीमा कम्पनीहरुले मधेस प्रदेशबाट सम्पति बीमा तर्फमा ३४ करोड ५७ लाख ५६ हजार, सामुन्द्रिक बीमा तर्फमा ६ करोड ९८ लाख ६३ हजार, हवाई बीमा तर्फमा ७८ हजार, मोटरमा ४२ करोड ६८ लाख ८४ हजार, इन्जिनियरिङ बीमाबाट ७ करोड ६५ लाख ४२ हजार, विविधमा ३ करोड ५३ लाख २२ हजार, कृषि तथा बालि बीमाबाट ८ करोड ९९ लाख ८५ हजार र लघुबीमाबाट ४ लाख ४ हजार रुपैयाँ लगायर कुल १ अर्व ४ करोड ४८ लाख ३५ हजार रुपैयाँ संकलन गरेको छ ।
बाग्मती प्रदेश
बीमा कम्पनीहरुले बाग्मती प्रदेशबाट सम्पति बीमा तर्फमा १ अर्व, ९० करोड ६७ लाख २३ हजार, सामुन्द्रिक बीमा तर्फमा ६४ करोड ७१ लाख ९४ हजार, हवाई बीमा तर्फमा ८० करोड २६ लाख ३४ हजार, मोटरमा २ अर्ब ९२ करोड ९१ लाख २० हजार, इन्जिनियरिङ बीमाबाट २ अर्व १४ करोड ६२ लाख ३५ हजार, विविधमा ३ करोड ५३ लाख २२ हजार, कृषि तथा बालि बीमाबाट ८ करोड ९९ लाख ८५ हजार र लघुबीमाबाट ४ लाख ४ हजार रुपैयाँ लगायर कुल १ अर्व ४ करोड ४८ लाख ३५ हजार रुपैयाँ संकलन गरेको छ ।
गण्डकी प्रदेश
बीमा कम्पनीहरुले गण्डकी प्रदेशबा सम्पति बीमा तर्फमा १७ करोड ९१ लाख ९६ हजार, सामुन्द्रिक बीमा तर्फमा ७६ लाख ९८ हजार, हवाई बीमा तर्फमा १० लाख २१ हजार, मोटरमा ५१ करोड १६ लाख २७ हजार, इन्जिनियरिङ बीमाबाट ५ करोड ७४ लाख ११ हजार, विविधमा ६ करोड ३६ लाख ६८ हजार, कृषि तथा बालि बीमाबाट १२ करोड ९ लाख ६८ हजार र लघुबीमाबाट ९२ लाख ६४ हजार रुपैयाँ लगायर कुल ९५ करोड ८ लाख ५२ हजार रुपैयाँ संकलन गरेको छ ।
लुम्बिनी प्रदेश
बीमा कम्पनीहरुले लुम्बिनी प्रदेशबाट सम्पति बीमा तर्फमा ३९ करोड २९ लाख १५ हजार, सामुन्द्रिक बीमा तर्फमा ४ करोड ६९ लाख १२ हजार, मोटरमा ७८ करोड १७ लाख ३९ हजार, इन्जिनियरिङ बीमाबाट १० करोड ५६ लाख ११ हजार, विविधमा ७ करोड २१ लाख ३१ हजार, कृषि तथा बालि बीमाबाट १४ करोड ४३ लाख ३१ हजार र लघुबीमाबाट ४३ लाख ९२ हजार रुपैयाँ लगायर कुल १ अर्व ५४ करोड ८१ लाख १८ हजार रुपैयाँ संकलन गरेको छ ।
कर्णाली प्रदेश
बीमा कम्पनीहरुले कर्णाली प्रदेशबाट सम्पति बीमा तर्फमा ३ करोड ७४ लाख ९ हजार, सामुन्द्रिक बीमा तर्फमा ३ लाख ८२ हजार, मोटरमा ७ करोड ६८ लाख ४६ हजार, इन्जिनियरिङ बीमाबाट १ करोड ६० लाख २४ हजार, विविधमा ६४ लाख ५० हजार, कृषि तथा बालि बीमाबाट १ करोड ४० लाख ८३ हजार र लघुबीमाबाट ७ लाख ३८ हजार रुपैयाँ लगायर कुल १५ करोड २९ लाख ३२ हजार रुपैयाँ संकलन गरेको छ ।
सुदुरपश्चिम प्रदेश
बीमा कम्पनीहरुले सुदुरपश्चिम प्रदेशबाट सम्पति बीमा तर्फमा १० करोड २७ लाख ४४ हजार, सामुन्द्रिक बीमा तर्फमा ४१ लाख ८९ हजार, मोटरमा २२ करोड ६१ लाख ८ हजार, इन्जिनियरिङ बीमाबाट ४ करोड ५२ लाख ९ हजार, विविधमा १ करोड ३१ लाख १२ हजार, कृषि तथा बालि बीमाबाट ३ करोड २१ लाख २९ हजार र लघुबीमाबाट २० लाख ३० हजार रुपैयाँ लगायर कुल ४२ करोड ५५ लाख २१ हजार रुपैयाँ संकलन गरेको छ ।