सिजीको (नानो युरिया – झोल) मल प्रति किसानहरुको आकर्षण बढ्दै

१५ पुष २०७९, शुक्रबार १२:३३

काठमाडौं । चौधरी समूह अन्तर्गतको सिजी एग्रोले नेपाली बजारमा ल्याएको सिजी नानो युरिया – झोल ) प्रति किसानहरुको आकर्षण बढ्दै गएको छ । नेपाली बजारमा हरेक समयमा अभाव हुदै आएको दानेदार युरिया मलको उचित विकल्पको रुपमा सिजी नानो युरिया (झोल मल ) प्रति किसानहरुको आकर्षण बढ्दै गएको पाईएको हो ।

नवलपरासी र रुपन्देही जिल्लामा पछिल्लो पटक किसानहरु संग गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी किसान तथा कृर्षि संग आबद्ध अगुवाहरुको भनाई अनुसार नानो प्रविधिबाट निर्मित तरल मलले दानेदार युरिया मलको उचित विकल्प बन्न सक्छ ।

चौधरी समुह अन्तर्गत रहेको सिजी एग्रोले नानो युरिया मल बजारमा ल्याएको हो  । यो झोल मल भारतको ‘इन्डियन फर्मर फर्टिलाइजर कर्पोरेटिभ लिमिटेड’ले उत्पादन गरेको छ  । नानो युरिया वातावरणमैत्री, परम्परागत युरियाभन्दा सस्तो, स्वास्थ्य वातावरण, माटोको गुणस्तर र बढी उत्पादनका लागि उपयुक्त हुनुका साथै यसको प्रयोगले माटो, हावा र पानीमा नकारात्मक प्रभाव नपर्ने कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*