अख्तियारको निर्देशन कार्यान्वयन गर्न बीमा प्राधिकरणको आनाकानी, सूर्यज्योति लाइफमाथि कारवाही गर्न ढिलाई

१५ पुष २०७९, शुक्रबार ११:४०

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले भ्रष्टाचार सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको लिखित निर्देशन समेत कार्यान्वयन गर्न आनाकानी गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार बीमा प्राधिकरणलाई लिखित निर्देशन दिँदै सूर्यज्योति लाइफले एक आर्थिक वर्षको वित्तीय विवरण तयार नपारी, लेखा परिक्षण नगरी यही पुस ७ गतेदेखि एकीकृत कारोबार गरेको सम्बन्धमा उक्त कम्पनीलाई कारवाही गरी जानकारी गराउन आयोगले प्राधिकरणलाई लिखित निर्देशन दिएको थियो ।

 

प्राधिकरणले भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकायको निर्देशन समेत कार्यान्वयन गर्न आनाकानी मात्रै गरेको छैन कसरी बचाउने भनेर लुपहोल खोजी गरिरहेको सूचना बीमापोष्टलाई प्राप्त भएको छ । आयोगमा परेको सि–०२९७२७ नम्वरको उजुरीमाथि आयोगले छानविन अघि बढाउँदा दुई कम्पनीको मर्जर त्रुटीपूर्ण रहेको भन्दै कारवाही गर्न बीमा प्राधिकरणलाई कारवाही गर्न लिखित निर्देशन दिने निर्णय गरेको थियो । आयोगको निर्णय अनुसार जारी गरिएको निर्देशन समेत बीमा प्राधिकरणले तीन दिनसम्म कुनै कारवाही नगरी मौन बस्दै आएकोछ ।

बीमा क्षेत्रमा सुशासन कायम राख्नुपर्ने दायित्व बोकेको बीमा प्राधिकरण आफैले त्रुटीपूर्ण मर्जरलाई कारवाही गर्नुपर्नेमा भ्रष्टाचार सम्बन्धी संवैधानिक निकायकै लिखित निर्देशन समेत पालना गर्न आनाकानी गर्नुले बीमा प्राधिकरणको भ्रष्टाचार निवारणप्रतिको प्रतिबद्धतामाथि प्रश्न चिन्ह उठेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*