निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन पौने १६ अर्ब रुपैयाँ, कुनको कति ? (तथ्यांक सहित)
काठमाडौं । हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको मसान्तसम्ममा पौने १६ अर्ब रुपैयाँ आर्जन गर्न सफल भएका छन् ।बीमा प्राधिकरणकोे तथ्याङक अनुसार हाल संचालनमा रहेका १८ कम्पनीहरुले मंसिर महिनासम्ममा १५ अर्ब ९७ करोड ७८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यस त्रैमासको अवधिसम्ममा निर्जिवन बीमा कम्पनीहरुमध्ये शिखर इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा १ अर्ब ५४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
दोस्रोमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा १ अर्ब ३४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
तेस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमाससम्ममा १ अर्ब २९ करोड रुपैयाँ कुल बीमा शु्ल्क आर्जन गरेको छ ।
त्यस्तै, नेको इन्स्योरेन्सले १ अर्ब २७ करोड रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब १३ करोड रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १० करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ९३ करोड ८० लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले ९० करोड १३ लाख, सानिमा जिआइसी इनस्योरेन्सले ८३ करोड १२ लाख, लुम्बनी जनरल इन्स्योरेन्सले ७९ करोड ७९ लाख रुपैयाँ, आइएमई जनरलले ७५ करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
त्यस्तै, अजोड इन्स्योरेन्सले ७४ करोड १६ लाख, नेपाल इन्स्योरेन्सले ६६ करोड ४९ लाख, प्रभु इन्स्योरेन्सले ६० करोड ४९ लाख रुपैयाँ, ओरिएण्टल इन्स्योरेन्सले ५८ करोड ९५ लाख रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले ५३ करोड ७१ लाख, यूनाइटेड इन्स्योरेन्सले ५० करोड ४९ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ४१ करोड ३६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।