आइएमई लाइफको प्रिमियम तीन पेमेन्ट गेटवेबाट भुक्तानी गर्दा क्यासब्याक अफर, कहिलेसम्म पाइन्छ ?

१४ पुष २०७९, बिहीबार १४:३६

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितहरुको सेवा सुविधालाई मध्यजनर राख्दै पुष महिनाभरि अनलाइनमार्फत प्रिमियम बुझाउँदा क्यासब्याक अफर ल्याएको छ ।

बीमितहरुको सुविधालाई मध्यनजर गर्दै कम्पनीले डिजिटल भुक्तानीका माध्यमहरु आइएमई पे, खल्ती र इसेवा जस्ता पेमेन्ट गेटवेबाट कम्पनीको विभिन्न पोलिसीका प्रिमियम तिर्दा क्यासब्याक पाइने जनाएको छ ।

आइएमई लाइफले ल्याएको ‘आइएमई लाइफ बाल किरण जीवन बीमा पोलिसी, आइएमई लाइफ बाल उज्जवल जीवन बीमा पोलिसी, आइएमई लाइफ बाल उमंग जीवन बीमा पोलिसी, आइएमई लाइफ धनवर्धन जीवन बीमा पोलिसी, आइएमई लाइफ आजीवन बीमा बीमा पोलिसी, आइएमई लाइफ सवल जीवन बीमा पोलिसी, आइएमई लाइफ धनबृक्ष जीवन बीमा पोलिसी, आइएमई लाइफ कल्पधन जीवन बीमा पोलिसी र आइएमई लाइफ सरल जीवन बीमा पोलिसी अन्तर्गतका बीमितहरुले यी तिनवटा माध्यमबाट प्रिमियम तिर्दा क्यासब्याक अफर पाउनेछन् ।\

May be an image of 1 person and text

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*