पुसमा ९ निर्जिवन बीमा कम्पनीले बार्षिक साधारणसभा गर्दै, अझै यी कम्पनीको शेयर किन्नेले पाउँछन् लाभांश
काठमाडौं । नेप्सेमा सूचिकृत निर्जिवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७८।७९ को लागि लाभांश प्रस्ताव गर्न आतुर छन् ।पछिल्लो समय बैंक तथा बीमा कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । जसमध्ये कतिले गत वर्षको लाभांश वितरण गरिसकेका छन् भने कति कम्पनी भने वितरण गर्ने तयारीमा छन् ।
सूचिकृत अधिकांश कम्पनीहरुले आर्थिक वर्ष २०७७।७८ को लागि लाभांश घोषणा गरिसकेका छन् भने कतिपय कम्पनीहरु प्रस्ताव गर्ने तयारीमा छन् ।९ कम्पानीहरुले पुस मसान्तसम्मको लागि बार्षिक साधारणसभा घोषणा गरिसकेका छन् । जसमध्ये चारवटाले बुक क्लोजको मिति घोषणा गरिसकेका छन् ।दोस्रो बजारमा कारोबार भईरहेका प्रिमियम इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स नेपाल इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्सको शेयर किन्ने लगानीकर्ताले अझै शेयर पाउनेछन् ।
प्रिमियम इन्स्योरेन्स
प्रिमियम इन्स्योरेन्स कम्पनीले बार्षिक साधारणसभाको लागि २२ गते बुक क्लोजको मिति तय गरेको छ । कमपनीले पुस २९ गते बार्षिक साधारणसभा गर्दैछ । कम्पनीले ५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरि १५ प्रतिशत शेयरधनीलाई लाभांश दिँदैछ ।
सिद्धार्थ इन्स्योरेन्स कम्पनी
सिद्धार्थ इन्स्योरेन्स कम्पनीले पुस २९ गते हुने बार्षिक साधारणसभाका लागि १८ गते बुक क्लोज गर्दैछ ।
कम्पनीले साधारणसभाबाट ० प्रतिशत बोनस र ९।४७ प्रतिशत नगद गरि कुल ९।४७ प्रतिशत लाभांश वितरण गर्दैछ ।
नेपाल इन्स्योरेन्स
नेपाल इन्स्योरेन्स कम्पनीले पुस २२ गते बार्षिक साधारणसभाका लागि ८ गते बुक क्लोज गरेको छ।
कम्पनीले सभामार्फत ८ प्रतिशत बोनस र ०।४२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
युनाईटेड इन्स्योरेन्स कम्पनी
युनाईटेड इन्स्योरेन्स कम्पनीले पुस २७ गते बार्षिक साधारणसभाका लागि पुस १७ गते बुक क्लोज गर्दैछ ।
कम्पनीले सभामार्फत ५ प्रतिशत बोनस र ०।२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।