युनियन लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७३ रुपैयाँसम्म पाईने, कुन बीमा योजनामा बोनसदर कति निर्धारण ?

१३ पुष २०७९, बुधबार ११:५०

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीको आर्थिक वर्ष २०७७/२०७८ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीले संचालनमा ल्याएको मुनाफामा सरिक हुने गरि नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले आज सार्वजनिक गरेको बोनसदरमा अधिकतम ७३ रुपैयाँ बोनस घोषणा गरेको छ।

सावधिक तथा बालबच्चा सर्वाधिक जीवन बीमा योजना

यस बीमा योजनामा कम्पनीले भखरै जन्मेको बच्चादेखि ९ बर्षसम्म २९ रुपैयाँ बोनसदर निर्धारण गरेकोछ ।
त्यस्तै, यस बीमा योजनामा २५ वा सो भन्दा माथिसम्मको लागि ७१ रुपैयाँसम्म बोनसदर निर्धारण गरिएको छ।

सिमित भुक्तानी सर्वाधिक जीवन बीमा योजना (एकल)

यस बीमा योजनामा न्यूनतम २६ रुपैयाँ देखि अधिकतम ४१ रुपैयाँसम्म बोनसदर निर्धारण गरिएको छ।

सिमित भुक्तानी सावधिक जीवन बीमा योजना (रेगुलर)

सिमित भुक्तानी सावधिक जीवन बीमा योजना (रेगुलर) को हकमा पनि कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि पनि प्रति हजार ३९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३४ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ३९ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७१ रुपैयाँ बोनसदर कायम गरेको छ ।

सावाधिक तथा आजीवन जीवन बीमा योजना

कम्पनीको सावाधिक तथा आजीवन जीवन बीमा योजनाको हकमा ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ३९ रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रति हजार ३९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४४ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४९ रुपैयाँ बोनसदर कायम भएको छ । त्यसैगरी २५ वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रति हजार ७३ रुपैयाँ बोनसदर कायम गरेको छ ।

सिमित भुक्तानी सावाधिक तथा आजीवन जीवन बीमा योजना

सिमित भुक्तानी सावाधिक तथा आजीवन जीवन बीमा योजनाको हकमा ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ५० रुपैयाँ बोनस कायम भएको छ ।
त्यस्तै, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रति हजार ५० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५० रुपैयाँ बोनसदर कायम भएको छ । त्यसैगरी २५ वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रति हजार ५० रुपैयाँ बोनसदर कायम गरेको छ ।

वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना

वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनाको हकमा ९ वर्ष अवधिसम्मको लागि प्रति हजार १९ रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रति हजार २२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार २७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार २७ रुपैयाँ बोनसदर कायम भएको छ ।

अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजना

अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजनाको हकमा १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रति हजार २४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार २७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ३० रुपैयाँ बोनसदर कायम भएको छ ।

जीवन आधार जीवन बीमा योजना र जीवन सम्पन्न बीमा योजना

यस बीमा योजनामा ५० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।
जसमा उमेर समूह १० बर्षदेखि १४ बर्षसम्म निर्धारण गरिएको छ। त्यस्तै, २५ बर्षभन्दा माथि सम्मका बीमितहरुले यस बीमा योजनामा सरिक हुन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*