सर्लाही जिल्लाको चक्र घट्टा गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न, कृषि बीमामा स्थानीयको गुनासो

१३ पुष २०७९, बुधबार ११:२४

काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयद्धारा सर्लाही जिल्लाको चक्र घट्टा गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। बीमा प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गतकोे मधेश प्रदेश कार्यालयले स्थानिय तहसँग बीमा प्राधिकरण बिषयक अन्तरक्रिया कार्यक्रम सर्लाही जिल्लाको चक्र घट्टा गाउँपालिकासँग प्रिन्स होटल चक्र घट्टामा सम्पन्न गरेको हो ।

उक्त कार्यक्रमको सभापतित्व प्राधिकरणको बिरगञ्ज प्रादेशिक कार्यालयका कार्यालय प्रमुख कुसुम शर्माले गरेकी थिईन् । कार्यक्रमका प्रमुख अतिथिको रुपमा चक्र घट्टा गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार यादव रहेका थिए । अतिथिका रुपमा गाउँपालिकाका उपाध्यक्ष मिना देवी रायको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन बीमा प्राधिकरणका सहायक निर्देशक टेकराज पाण्डेयले गर्नुभएको थियो उक्त कार्यक्रममा त्यस पालिकाका वडाका सम्पूर्ण वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, निर्वाचित वडा सदस्यहरु, पालिकाका कर्मचारीहरु, कृषकहरु, स्थानियहरु, बैंक वित्तिय संस्थाका प्रतिनिधिहरु,बीमकका शाखा कार्यालयका प्रतिनिधिहरु ऋभिकर्ताहरु,पत्रकार तथा महिला समुहका व्यक्तिहरु सहभागि हुनु भएको थियो ।

उक्त कार्यक्रममा १२० भन्दा बढिको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बीमा र बीमा प्राधिकरणको बारेमा नेपाल बीमा प्राधिकरणका विरगञ्ज कार्यालयका प्रमुख कुसुम शर्माले प्रस्तुतिकरण दिएका थिए ।
साथै उक्त कार्यक्रममा जीवन बीमाका सम्बन्धमा बिमकको प्रतिनिधिको तर्फबाट शिव शंकर जैसवालले र निर्जीवन बीमाको सम्बन्धमा बीमकका तर्फबाट रिती बिक्रम कार्की र शेषराज न्यौपानेले आफ्रनो भनाई राख्नु भएको थियो साथै नीर्जीवन बीमाका सम्बन्धमा र जीवन बीमाका सम्बन्धमा कार्यक्रममा उपस्थित रहनु भएका सहभागिहरुलाई प्रष्ट रुपमा बुझाएका थिए ।

उक्त कार्यक्रममा सहभागिहरुले हामीलाई एक एक वटा गाई भैसी पाल्नेको पनि बीमा हुने रहेछ र हाम्रो कच्ची घरहरुको पनि बीमा गर्न मिल्ने रहेछ भन्ने थाहा नभएको कुरा राख्नु भएको थियो ।
सहभागीहरुले दुई चार वटा आँपका विरुवा लगाउनेले पनि बीमा गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।

साथै, गाउँ गाउँ सम्म बीमा कम्पनीहरु आएर कृषि तथा पशुपन्छीको बीमा हुन्छ भन्ने कुराको जानाकारी नगराएका कारण यस क्षेत्रका किसानहरुमा बीमाको बारेमा जानाकारी नभएको र यस कार्यक्रमले हामीलाई धेरै किसिमको चेतना भएको र बीमा त हामै्र सुरक्षाको लागि आवश्यक रहेछ र आगामी दिनहरुमा हामीले लगाएको बाली तथा पशु चौपायहरुको बीमा गरि हुन सक्ने आर्थिक नोक्सानीबाट सुरक्षित रहन सकिने कुराको जानाकारी पाएकोमा नेपाल बीमा प्राधिकरणलाई धन्यवाद दिएका थिए ।

आगामी दिनहरुमा आफ्रना पशुपन्छीहरुको बीमा गर्ने कुरा राख्नु भएको थियो । कतिपय सहभागिहरुले कृषकहरुले आफुले चाहेको समयमा बीमा गर्न नपाएको र दावी भुक्तानी गर्ने समयमा पनि कम्पनी ढिलाई गरिदिने अनावश्यक झन्झट दिने गरेको गुनासो गरेका थिए ।

साथै,उक्त गुनासाको सम्बन्धमा कार्यक्रमका सञ्चालक टेकराज पाण्डेयले सर्लाही जिल्लामा कृषि तथा पशुपन्छी बीमाका लागि प्रिमियर इन्स्योरेन्स कम्पनीलाई तोकिएको हुँदा यस क्षेत्रमा अनिवार्य रुपमा उक्त बीमा कम्पनीले बीमा गर्नुपर्ने व्यवस्था रहेको कुराको जानाकारी गराएकि थिईन् ।

साथै त्यस कम्पनीलाई कम्तीमा महिनाको एक पटक उक्त पालिकामा पुगेर काम गर्न र बीमाका सम्बन्धमा कृषकहरुलाई जानाकारी गराउनका लागि निर्देशन दिएका थिए ।
साथै उक्त कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्षले बीमा प्राधिकरणले यस्तो बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रमका लागि हाम्रो पालिकालाई छनौट गरि कार्यक्रम ल्याइदिएकोमा धन्यवाद दिएका थिए ।

प्रमुख अतिथिले यस्तो कार्यक्रमले हामीलाई सिक्ने जान्ने र पालिकामा रहेका नागरिकहरुलाई बुझाई आगामी दिनमा पालिका माथि पर्न जाने आर्थिक भारलाई कम गर्न बीमा गर्नका लागि प्रोत्साहन गर्ने र यस क्षेत्रका घरहरुको बीमा गर्नका लागि आउँदो गाउँ परिषदको बैठकमा प्रस्ताव लैजाने कुरा राख्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिले सहभागि वडा अध्यक्षहरुलाई बीमाको बारेमा जनप्रतिनिधिहरुले गाउँ टोलसम्म जानाकारी गराउन समेत आग्रह समेत गरेको थियो ।

बीमा कार्यक्रमलाई कसरी सहयोग गरेर बढि भन्दा बढिलाई व्यक्तिलाई र नीजको सम्पत्तीहरुलाई सुरक्षित गर्न सकिन्छ त्यसका लागि पालिकाले गर्नुपर्ने कार्यका लागि पालिकाका बीमा प्राधिकरणसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको कुरा प्रमुख अतिथिले राख्नु भएको थियो ।

कार्यक्रमको समापनमा प्राधिकरणका कार्यालय प्रमुख कुसुम शर्माले सरकारले बजेट मार्फत घोषणा गरेको एक घर एक बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्यन गर्नका लागि पालिकालाई आवश्यक पर्ने बीमा सम्बन्धी सुझावका लागि प्राधिकरण जुनसुकै समयमा पनि तयार रहेको धारणा राखेका थिए ।
साथै कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नका लागि र हानी नोक्सानीबाट क्षतीपूर्ती पाउनका लागि बीमा आवश्यक रहेको धारण समेत राखेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*