बीमा कम्पनीहरुलाई क्यापिटल प्लानको विस्तृत विवरण बीमा प्राधिकरणमा पेश गर्न निर्देशन
काठमाडौं । नेपाल बीमा कम्पनीहरुले पुँजी वृद्धिको योजना सहितको क्यापिटल प्लानको विस्तृत विवरण बीमा प्राधिकरणमा पेश गर्न निर्देशन दिएको छ ।प्राधिकरणले एक बर्ष भित्र पुँजी पुराउन के कस्तो रणनिति प्रयोग भएको छ भनी विस्तृत विवरण हेर्न प्रगति विवरण माग गरेको छ।
बीमा प्राधिकरणले हाल २ अर्ब रुपैयाँ चुक्तापुँजी भएका जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र १ अर्ब रुपैयाँ चुक्तापुँजी भएका निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय गरेको थियो।
समितिले कम्पनीहरुले क्यापिटल प्लान पेश गरेका पुँजीवृद्धिका योजनाहरु अध्ययन गर्ने र सो अनुसार अध्ययन गरि मर्जर वा पुँजिवृद्धिको विकल्पमा जान सक्ने बिषयमा अध्ययन गरि बनाएको विस्तृत जानकारी प्राधिकरणमा पेश गर्न निर्देशन दिएको छ।