नेप्सेद्धारा दुई कम्पनीको शेयर कारोबार फुकुवा, भोलिदेखि नै कारोबारमा आउने
१२ पुष २०७९, मंगलवार १५:५९
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले सेन्ट्रल फाइनान्स लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुुकुवा गरिदिएको हो ।
सेन्ट्रल फाइनान्सले गत आर्थिक वर्षको लाभांश सम्बन्धी पत्र नेप्से कारोबार समयमा पठाएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम सो कम्पनीको शेयर कारोबार रोक्का राखेको थियो । त्यस्तै, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जरसम्बन्धी सम्झौता भएसँगै नेप्सेले सो कम्पनीको शेयर कारोबार रोक्का राखेको थियो ।
नेप्सेले आजदेखि यी दुवै कम्पनीको शेयर फुकुवा गरिदिएको हो । सो पश्चात् भोलिदेखि नै दुवै कम्पनीको शेयर कारोबारमा आउनेछ ।