शपथग्रहणको एक घण्टा नबित्दै सडकमा देखियो रविको एक्सन, मध्यरातमा धमाधम सडकमा धर्को तानिदै

११ पुष २०७९, सोमबार २३:४८

काठमाडौं । जनताको बीचमा सर्वाधिक लोकप्रिय नेता रवि लामिछाने गृहमन्त्रीमा नियुक्त भएको केही घण्टाभित्रैमा एक्सन सुरु गरेका छन् ।

गृहमन्त्री लामिछानेले सडकमा सवारी साधन तथा पैदलयात्रुहरुको लागि रेखा कोरेर यात्रा सुरक्षित बनाउन आजैबाट एक्सन सुरु भएको छ । जसको कारण आज मध्यरातिसम्म काठमाडौंका भद्रगोल सडकको रेखा कोरिने काम भइरहेको छ ।

 

चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछाने छ महिना लामो राजनीतिक कसरतपछि मुलुकको बागडोर सम्हाल्न पुगेका छन् । भ्रष्टाचारीलाई तह लगाउने, ठाउँको ठाउँमा पुगेर एक्सन लिने चर्चित टेलिभिजन कार्यक्रम ‘सिधाकुरा’ छोडेर राजनीतिमा आबद्ध भई स्वतन्त्र पार्टी स्थापना गरी घण्टीमार्फत चुनाव लडेका रविले चमत्कारिक रुपमा २० सिट प्राप्त गरेपछि सर्वत्र उनको चर्चा र चासो छ ।

आज गठन भएको मन्त्रिमण्डलमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी सम्हालेका रवि लामिछानेले आजै साँझ ७ः३० बजेतिरको समयमा सिंहदरवारस्थित गृहमन्त्रालयमा पुगेर पद तथा गोपनियताको शपथ लिएका थिए । मन्त्री लामिछाने गृहमन्त्रीको कुर्र्सीमा बसेसँगै रातारात काम सुरु गरेका छन् । आजै राति पुतलीसडक लगायतका क्षेत्रमा रहेको सडकमा धमाधम रेखा कोरिन सुरु भएको हो । पैदल यात्रुुका लागि सजिलै बाटो काट्न मिल्ने गरी सडकमा रेखा कोरिन थालेको हो ।

रवि लामिछाने सहभागी भएको आजैको मन्त्रिपरिषदको बैठकले पासपोर्ट लिन लाइन बस्नुपर्ने हालको अवस्थाको अन्त्य गर्ने निर्णय गरिसकेको छ । यद्यपि उक्त निर्णय कार्यन्वयनमा आई जनताले सेवा पाउन भने केही दिन लाग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*