नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयद्धारा बारा जिल्लाको बीश्रामपुर गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

११ पुष २०७९, सोमबार २१:५१

नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गतकोे मधेश प्रदेश कार्यालयले स्थानिय तहसँग बीमा प्राधिकरण बिषयक अन्तरक्रिया कार्यक्रम बारा जिल्लाको ग्रामिण भुभागमा रहेको विश्रामपुर गाउँपालिकासँग गाउँपालिकामा रहेको इटियाही स्वास्थ्य चौकीको सभाहलमा सम्पन्न गर्यो उक्त कार्यक्रमको सभापतित्व प्राधिकरणको बिरगञ्ज प्रादेशिक कार्यालयका कार्यालय प्रमुख कुसुम शर्माले गर्नु भएको थियो कार्यक्रमका प्रमुख अतिथिको रुपमा विश्रामपुर गाउँपालिकाका उपाध्यक्ष प्रिंयका देवी रहनु भएको थियो ।

अतिथिका रुपमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राकेश ओझा रहनु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन बीमा प्राधिकरणका सहायक निर्देशक टेकराज पाण्डेयले गर्नुभएको थियो उक्त कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिकाका सदस्यहरु, निर्वाचित वडा सदस्यहरु, पालिकाका कर्मचारीहरु, कृषकहरु, स्थानियहरु, बैंक वित्तिय संस्थाका प्रतिनिधिहरु,बीमकका शाखा कार्यालयका प्रतिनिधिहरु,पत्रकार तथा महिला समुहका व्यक्तिहरु सहभागि हुनु भएको थियो । उक्त कार्यक्रममा ११० भन्दा बढिको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बीमा र बीमा प्राधिकरणको बारेमा नेपाल बीमा प्राधिकरणका विरगञ्ज कार्यालयका प्रमुख कुसुम शर्माले प्रस्तुतिकरण गर्नु भएको थियो ।
साथै उक्त कार्यक्रममा जीवन बीमाका सम्बन्धमा बिमकको प्रतिनिधिको तर्फबाट प्रमोद प्रसाद साहले र निर्जीवन बीमाको सम्बन्धमा बीमकका तर्फबाट हरि गोपाल श्रेष्ठले आफ्रनो भनाई राख्नु भएको थियो । उक्त कार्यक्रममा सहभागिहरुले बीमा कम्पनीहरु गाउँ गाउँ सम्म आएर कृषि तथा पशुपन्छीको बीमा हुन्छ भन्ने कुराको जानाकारी नगराएका कारण यस क्षेत्रका किसानहरुमा बीमाको बारेमा जानाकारी नभएको र यस कार्यक्रमले हामीलाई धेरै किसिमको चेतना भएको र बीमा त हामै्र सुरक्षाको लागि आवश्यक रहेछ र आगामी दिनहरुमा हामीले लगाएको बाली तथा पशु चौपायहरुको बीमा गरि हुन सक्ने आर्थिक नोक्सानीबाट सुरक्षित रहन सकिने कुराको जानाकारी पाएकोमा नेपाल बीमा प्राधिकरणलाई धन्यवाद दिनुभएको थियो । आगामी दिनहरुमा आफ्रना पशुपन्छीहरुको बीमा गर्ने कुरा राख्नु भएको थियो । कृषकहरुले आफुले चाहेको समयमा बीमा गर्न नपाएको गुनासो गरेका थिए ।


साथै,उक्त गुनासाको सम्बन्धमा कार्यक्रमका सञ्चालक टेकराज पाण्डेयले बारा जिल्लामा कृषि तथा पशुपन्छी बीमाका लागि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई तोकिएको हुँदा यस क्षेत्रमा अनिवार्य रुपमा उक्त बीमा कम्पनीले बीमा गर्नुपर्ने व्यवस्था रहेको कुराको जानाकारी गराउनु भएको थियो , साथै त्यस कम्पनीलाई कम्तीमा महिनाको एक पटक उक्त पालिकामा पुगेर काम गर्न र बीमाका सम्बन्धमा कृषकहरुलाई जानाकारी गराउनका लागि निर्देशन दिनुभएको थिया । साथै उक्त कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृतले यो कार्यक्रम निकै नै महत्वपूर्ण रहेको र यसका लागि हाम्रो पालिकाको कार्यालयमा आएर यस्तो कार्यक्रम राखि हामीलाई साथै हाम्रो सम्पूर्ण पालिकालाई जानाकारी उपलब्ध गराईदिनु भएकोमा धन्यवाद समेत दिनु भएको थियो साथै पालिकाको प्रशासकिय अधिकृतले यो कार्यक्रमले यस क्षेत्रका कृषकहरुलाई कृषि तथा पशुपन्छी लगायत अन्य सम्पत्तीको बीमा गर्नुपर्ने रहेछ भन्ने ज्ञान प्रदान गरेको धारणा राख्नु भएको थियो ।

साथै यो कार्यक्रम मेरो कार्यक्रम हो भन्ने सोच बिचार राखेर सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीले कार्य गर्न सकेमा पक्कै पनि आगामी दिनहरुमा पालिकालाई पर्न जाने आर्थिक क्षतिको भारलाई कम गर्न सकिन्छ भन्ने भनाई राख्नु भएको थियो । बीमा कार्यक्रमलाई कसरी सहयोग गरेर बढि भन्दा बढिलाई व्यक्तिलाई र नीजको सम्पत्तीहरुलाई सुरक्षित गर्न सकिन्छ त्यसका लागि पालिकाले गर्नुपर्ने कार्यका लागि पालिकाका अध्यक्षसँग कुरा गरि आगामी दिनमा बीमा सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने धारणा राख्नु भएको थियो ।

उक्त कार्यक्रममा सहभागिहरुले बीमा कम्पनीहरु गाउँ गाउँ सम्म वडा वडा सम्म पुग्नु पर्ने धारणा राख्नु भएको थियो । कार्यक्रमको समापनमा प्राधिकरणका कार्यालय प्रमुख कुसुम शर्माल सरकारले बजेट मार्फत घोषणा गरेको एक घर एक बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्यन गर्नका लागि पालिकालाई आवश्यक पर्ने बीमा सम्बन्धी सुझावका लागि प्राधिकरण जुनसुकै समयमा पनि तयार रहेको धारणा राख्नुु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*