पहिलो दिनमा नै सूर्या ज्योति लाइफको उत्साहप्रद कारोबार, एकैदिन पाँच करोडभन्दा बढि बीमा शुल्क संकलन
काठमाडौं । सूर्या ज्योति लाइफले एकीकृत कारोबार गरेको पहिलो दिनमा नै हालसम्मकै राम्रो कारोबार गरेको छ । सूर्या लाइफ र ज्योति लाइफ मर्जर भई बनेको सूर्या ज्योति लाइफले यही पुस ७ गते बिहिवार मर्जरको दिन पाँच करोड रुपैयाँ भन्दा बढि बीमा शुल्क संकलन गर्न सफल भएको छ ।
कम्पनी सम्बद्ध स्रोतका अनुसार एकै दिन पाँच करोड भन्दा बढि बीमा शुल्क संकलन गर्न सफल भएको हो । सूर्याज्योति लाइफले आजबाट औचपारिक कार्यक्रम गर्दैछ ।
दोस्रो दिनमा पनि उल्लेख्य व्यवसाय गर्न सफल भएको कम्पनीले जनाएको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी नेपाली जीवन बीमा क्षेत्रको पहिलो मर्जर प्रयास हो । पहिलो दिनको व्यवसायको तुलनामा कम्पनी सफल देखिएको छ । चुक्ता पुँजिको आधारमा तेस्रो हुन पुगेको कम्पनी सामू धेरै चुनौतिहरु भने छन् । सुरुवाती चरणमा देखिएको उत्साह कायम राख्न सफल भए मात्रै कम्पनीले उचित प्रतिफल दिन सक्ने देखिएको छ ।