नेपाल बीमा प्राधिकरणद्धारा जीवन बीमा कम्पनीहरुमा स्थलगत अनुगमन सुरु

११ पुष २०७९, सोमबार १३:२१

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई नै अभिकर्ताहरुको परिक्षा लिन निर्देशन दिईसकेको छ। प्राधिकरणले आफूले परिक्षा लिन नसक्ने समयसम्ममा कम्पनीहरुलाई दिएको उक्त जिम्मेवारीको बिषयमा अनुगमन गर्ने भएको छ। प्राधिकरणको निर्देशन पश्चात् बीमा कम्पनीहरुले हाल बीमा अभिकर्ताको परिक्षा लिँदै आईरहेका छन् ।

प्राधिकरणले आफूले दिएको मापदण्डमा रहेर परिक्षा संचालन गरेको छ वा छैन भन्ने बिषयमा स्थलगत अनुगमन गर्न सुरु गरेको छ । प्राधिकरणले जारी गरेको निर्देशिकामै निर्देशिका बमोजिम परिक्षा लिएको छ वा छैन भनेर प्राधिकरणले अनुगमन गर्ने सपष्ट लेखिएको छ । प्राधिकरणको निर्देशन अनुरुप नगरेको कम्पनीलाई उचित कानुन अनुसार समेत कारार्वाहीको दायरमा ल्याउने जनाएको छ।

प्राधिकरणको अभिकर्ता इजाजत शाखाले जीवन तथा निर्जीवन बीमा कम्पनीबाट प्राप्त परिक्षार्थी सम्बन्धी विवरणबारे शंकास्पद देखिएको अवस्थामा अभिकर्ता तालिम विभागसँग थप जानकारी माग गरिरहेको छ ।पछिल्लो समय बीमा कम्पनीहरुले परिक्षामा अनियमितता गर्न थालेको गुनासो आउन थालेपछि प्राधिकरणले यस बिषयमा थप कडाई गर्दै सर्वेक्षणमा खटाएको छ।

प्राधिकरणले बीमा अभिकर्ता इजाजत पत्रको लागी बीमकले संचालन गर्ने परिक्षा सम्बन्धमा स्थलगत अनुगमन गर्ने जिम्मेवारी प्रादेशिक कार्यालयलाई नै दिएको छ। प्राधिकरणले प्रदेशलाई समेत जिम्मेवारी दिएको हुँदा हाल संचालनमा रहेको प्रादेशिक कार्यालयहरुले समेत आ( आफनो क्षेत्रमा निरिक्षणको दायरा बढाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*