सगरमाथा इन्स्योरेन्सद्धारा मौषममा आधारित धानबाली बीमाको क्षतिपुर्ति प्रदान

११ पुष २०७९, सोमबार १२:५४

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले ३१ जना कृषकहरुलाई क्षतिपुर्ति वापत बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले धानबालीमा क्षति पुगेकोमा पुष १० गते ३१ कृषकलाई कुल ४ लाख एक हजार ४९९ रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

परम्परागत ढाँचाको कृषि बीमालाई परिमार्जित गर्दै सगरमाथा इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरण स्वीकृतिबाट पाइलटिङ बीमा योजनाको रुपमा जारी गरिएको ‘बाढी सूचकाङ्कका आधारमा सामुहिक धान खेती बीमा’ कैलाली जिल्ला, भजनी नगरपालिकाको वडा नं. ३ भित्रका दश वटा कृषक समुहहरुका १०० जना कृषकहरुको चालिस हेक्टर क्षेत्रफलमा सूचकाङ्कमा आधारित ‘भूमी अनुसन्धान तथा नीति संम्वादका लागि सहकार्य’ तथा ‘युसेड तयार नेपाल’ को इम्प्रुभ्ड डिजास्टर रिस्क म्यानेजमेन्ट प्रोजेक्ट’ अन्तर्गतको आर्थिक सहयोगमा संचालित परियोजना ‘टेस्टिङ द फिजिबिलिटि अफ इन्डेक्स–बेस्ड एग्रिकल्चर इन्सुरेन्स अगेन्स्ट वाटर–इन्डक्ट डिजास्टर इन नेपाल’ अन्तर्गत कैलाली जिल्लाका कृषकहरुको धान बालीको जोखिम वहन गर्ने उद्देश्यले धानबाली बीमा जारी गरिएको थियो ।

सोहि बीमालेख अन्तर्गत बीमा गरिएको धानबालीहरुमा गत असोज ५ गते मोहना नदी र आसपासका क्षेत्रमा पानी वहाव बढ्न गई जलस्तर तोकिएको सूचकाङ्क भन्दा बढी भई धानबालीमा क्षति पुगेकोमा पुष १० गतेका दिन भजनी नगरपालिकाका मेयर केवल चौधरीको प्रमुख आतिथ्य, कोलार्पका प्रतिनिधिको उपस्थितिमा सगरमाथा इन्स्योरेन्स कम्पनीका अण्डरराइटिङ विभाग प्रमुख दिबस तिमल्सेनाले बाढीका कारण धान खेतिमा क्षति पुगेका ३१ जना कृषकहरुलाई क्षतिपुर्ति बापत जम्मा रकम ४ लाख रुपैयाँको दावी भुक्तानी गरेका हुन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*