सानिमा लाइफ इन्स्योरेन्सद्धारा लाभांश नबाड्ने घोषणा
११ पुष २०७९, सोमबार ११:०९
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।
कम्पनीको पुष ८ गते बसेको संचालक समितिको बैठकले अघिल्लो आव २०७७।७८ को संचित मुनाफाबाट शेयधरनीहरुलाई कुनै खालको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले सो भन्दा अघिल्लो आर्थिक वर्ष २०७६।७७ मा आफ्ना शेयरधनीहरुलाई ४.२० प्रतिशत बोसन शेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।