इपिएस विना नै कोरिया जान पाउने, विभागमा दर्ता गरी श्रम स्वीकृति दिने तयारी

११ पुष २०७९, सोमबार १०:१०

काठमाडौं । कोरिया जाने तयारीमा रहेका मौसमी कामदारको वैधानिकताका लागि वैदेशिक रोजगार विभागले फेमिस प्रणालीमा दर्ता गराएर अन्तिम श्रमस्वीकृति दिने तयारी गरेको छ । कोरियाका स्थानीय तहले माग गर्ने नेपाली मौसमी कामदारको छनोट यहाँका स्थानीय तहले गर्ने र त्यसको अनुमति विभागले दिने गरी तयारी भएको हो ।

विभागका महानिर्देशकका अनुसार कोरियाको सिजनल वर्किङ भिसाका लागि दुई सरकारका स्थानीय तहबीच सम्झौता भएको जनाउँदै संघीय सरकारको वैधानिक अनुमति मिलाएर पठाउने तयारी भइरहेको जनाएको हो । कोरियाको सिजनल भिसामा श्रमिक पठाउन नेपालका स्थानीय तहले धेरै युवा छनोट गरेको पाइएको छ ।

महानिर्देशकका अनुसार नेपालको संविधानमा दुई देशबीचको सम्झौता संघीय सरकारले गर्ने उल्लेख रहेको छ । यही कानुनी अड्चनलाई फुकाउन संघीय सरकारले अन्तिम अनुमति दिन विभागमा दर्ता गराउने गरी तयारी भइरहेको हो ।

कोरिया जाने मौसमी कामदारको माग र छनोट दुवै देशका स्थानीय तहको समझदारीमा गरिनेछ । यस्तो कानुनी जटिलता मिलाउन युवाको छनोट स्थानीय पालिकाले गर्ने र छनोट भएका युवाको नामावली वैदेशिक रोजगार विभागमा पठाउनुपर्ने विभागले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*