रिलायबल नेपाल लाइफ इन्स्योरेन्स स्याङ्गजा शाखाद्धारा मृत्यु दाबी भुक्तानी

१० पुष २०७९, आईतवार १९:२५

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको स्याङ्गजा शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ । स्याङ्गजा जिल्ला पुतलीबजार नगरपालीका वार्ड नं १ निवासी यस कम्पनीका बीमित खिमा कुमारी सार्कीको यही मिति २०७९ भाद्र १८ गते बिरामी भइ उपचारको क्रममा मृत्यु भएकोले निजको श्रीमान् खिम बहादुर सार्कीलाई पाँच लाख तीस हजार रुपौयाँ हस्तान्तरण गरेको हो ।

उक्त दाबी रकम स्याङ्गजा शाखाका प्रबन्धक श्री नारायण अधिकारीले हस्तान्तरण गर्नुभएको थियो । मृतक खिमाकुमारी सार्कीले यस कम्पनीमा ५ लाख रकम बराबरको विमाङ्कको रिलायवल समुन्नती जीवन बीमा योजना लिनु भएको थियो । साथै मृतक खिमा कुमारी सार्की प्रस्तावक रहि आफ्नो छोरा सुमित सार्कीको ५ लाख विमाङ्क बराबरको रिलायबल सुलभ बाल जीवन बिमा योजना समेत लिनु भएकोमा सो बापतको मासिक लाभ सुविधा ९ःक्ष्द्य० र विमा शुल्क छुट ९एध्द्य० सुविधा समेत कम्पनीले निजको परिवारलाई हस्तान्तरण तथा उपलब्ध गराएको छ ।

उक्त कार्यक्रम मिति २०७९ पौष ८ गतेका दिन निज मृतक खिमा कुमारी सार्की कै निवासमा आयोजना गरिएको थियो । सो कार्यक्रममा बोल्दै सिनियर एजेन्सि म्यानेजर श्री राम प्रसाद सापकोटाले बीमा दुखको सारथी रहेको कुरा प्रस्ट्याउदै, बीमाको महत्व र आवश्यकता बारे जानकारी गराउदै मानव जीबन अति नै जोखिमपूर्ण रहेकोले सुनौलो भविष्य निश्चित गर्नको लागि बीमा अति नै आवश्यक रहेको वताउनु भयो । कार्यक्रममा स्याङ्गजा शाखा कार्यालयमा आवद्ध एजेन्सी म्यानेजर श्री नल वहादुर सुनार, श्री सुरेन्द रोका , श्री प्रकास पौडेल, अभिकर्ता श्री सन्तोष शर्मा लगाएत स्थानिय समाजिक व्यक्तिवहरुको उपस्थीति रहेको थियो । उक्त कार्यक्रमको संचालन तथा व्यवस्थापन संस्थाका कर्मचारी श्री नुन बहादुर गुरुङ्गले गर्नु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*