प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण भोलि ४ बजे हुने

१० पुष २०७९, आईतवार १८:३१

काठमाडौं । चुनावी सत्ता गठबन्धनलाई चक्मा दिँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तेस्रो कार्यकालका लागि नेपालको कार्यकारी प्रधानमन्त्री पदमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट आजै प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । आइतबार नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको सात दलको तर्फबाट १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएका हुन । समर्थन गर्ने मध्येमा तीन जना स्वतन्त्र सांसद समेत छन् ।

प्रचण्ड तेस्रो पटक प्रधामन्त्री बनेका हुन् । यसअघि २०६५ साल भदौं २ गते पहिलो पटक गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको रुपमा प्रचण्डले देशको कार्यभार सम्हालेका थिए । २०६६ साल जेठ ११ गते तत्कालिन नेपाली सेनाका प्रधानसेनापति रुक्माङ्गत कटवलासँग लफडा परेपछि उनले राजिनामा गरेका थिए । त्यस्तै, प्रचण्डको दोस्रो कार्यकाल एमालेकै सहयोगमा २०७३ साउन २० गते दोस्रो पटक प्रधानमन्त्री बनेका थिए । यसअघि २०७४ सालमा सम्पन्न भएको आम निर्वाचनपछि तत्कालिन एमालेका नेता केपी ओलीसँग सत्ता साझेदारी गरेर पनि ओलीलाई पाँच वर्ष नै सत्ता छोड्ने निर्णय गरेका थिए ।

यस पटक प्रचण्ड एमालेकै सहयोगमा प्रधानमन्त्री बन्नेका हुन् । प्रचण्ड नयाँ प्रधानमन्त्रीमा नियुक्त भएसँगै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सरकारको यात्रा यही समाप्त भएको छ ।

यसैबीच, नयाँ प्रधानमन्त्रीको रुपमा प्रचण्डको शपथ ग्रहण भोलि ४ बजे गरिनेभएको छ । भोलि नै प्रचण्डले सिंहदरवार गएर पदभार सम्हाल्ने छन् । आज भन्दा भोलिको साइत राम्रो भएकोले भोलि ४ बजेका लागि समय निर्धारण गरिएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*