यी हुन् नेपाल लाइफमा ठूला शेयर स्वामित्व हुने व्यक्ति, कसको कति ?

१० पुष २०७९, आईतवार १४:२१

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा एक प्रतिशत वा बढी शेयर स्वामित्व भएका १२ शेयधनीहरु रहेका छन् । जसमध्ये सुवाष चन्द्र संघईको नेपाल लाइफमा सबैभन्दा बढी शेयर रहेको छ । उनको ६ दशमलव ६० प्रतिशतको स्वामित्वमा ५४ करोड २० लाख रुपैयाँको शेयर नेपाल लाइफमा रहेको छ ।

त्यस्तै, दोस्रो नम्वरमा गोबिन्द लाल संघईको शेयर स्वामित्व रहेको छ । उनको ५ दशमलव ३७ प्रतिशत शेयर स्वामित्वमा ४४ करोड ३ लाख रुपैयाँको शेयर रहेको छ ।
नेपाल लाइफमा अनुज अग्रवालको ५ दशमलव ४ प्रतिशत शेयर स्वामित्वमा ४१ करोड ३९ लाख रुपैयाँको शेयर रहेको छ । कम्पनीमा पवन कुुमार गोल्याणको ३ दशमलव ६९ प्रतिशतले ३० करोड २६ लाख रुपैयाँको शेयर स्वामित्व रहेको छ ।

त्यस्तै, विशाल अग्रवालको ३ दशमलव ६३ प्रतिशतले २९ करोड ७७ लाख रुपैयाँको शेयर स्वामित्व रहेको छ । कम्पनीमा राम चन्द संघइको ३ दशमलव ४८ प्रतिशतले २८ करोड ५५ लाख रुपैयाँको शेयर स्वामित्व रहेको छ ।

कम्पनीमा पुुरुषोत्तम लाल संघईको ३ दशमलव ४ प्रतिशतले २४ करोड रुपैयाँको शेयर स्वामित्व रहेको छ । त्यस्तै, वासुदेव गोल्याणको २ दशमलव ९० प्रतिशतले २३ करोड ७७ लाख रुपैयाँको शेयर स्वामित्व रहेको छ ।

कम्पनीमा कविता संघईको २ दशमलव २ प्रतिशतले १६ करोड ५७ लाख रुपैयाँको शेयर स्वामित्व रहेको छ । त्यस्तै, तुलसी राम अग्रवालको १ दशमलव ७८ प्रतिशतले १४ करोड ५७ लाख रुपैयाँको शेयर स्वामित्व रहेको छ ।
कम्पनीमा मञ्जु अग्रवालको १ दशमलव ६९ प्रतिशले शेयर स्वामित्व रहेको छ । जसको मूल्य १३ करोड ८४ लाख रुपैयाँ रहेको छ । त्यस्तै, सुशिला गुप्ताको १ दशमलव ४७ प्रतिशतले १२ करोड ३ लाख रुपैयाँको शेयर स्वामित्व रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*