बुटवलका राज चौधरी, नेपालगन्जका शंकर लामिछाने र सुर्खेतका प्रेम बिसी बने नेशनल लाइफका सर्वोत्कृष्ट एजेन्सी
काठमाडौं । गत आवको व्यवसायका आधारमा नेशनल लाइफले तीन उत्कृष्ट एजेन्सी म्यानेजर र तीन जना उत्कृष्ट बीमा अभिकर्ता घोषणा गरेको छ । कम्पनीको यही पुस ५, ६ र ७ गते काठमाडौंमा सम्पन्न भएको चेयरपर्सन सदस्य सम्मान कार्यक्रममा कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी शाहले उत्कृष्ट एजेन्सी र अभिकर्तालाई भव्य रुपमा सम्मान र पुरस्कार वितरण गरेकी छिन् ।
आव २०७८।०७९ को व्यवसायमा आधारित रहेर उत्कृष्ट व्यवसाय गर्ने प्रथम, द्धितिय र तृतियमा क्रममा बुटवलका राज चौधरी, नेपालगन्जका शंकर लामिछाने र सुर्खेतका प्रेम बिसीले भव्य सम्मान प्राप्त गरेका छन् । कार्यक्रममा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमशः चार लाख, तीन लाख र दुई लाख रुपैयाँको पुरस्कार रकम हस्तान्तरण गरिएको थियो ।
यस पटकको व्यक्तिगत कोडमा उत्कृष्ट व्यवसाय गर्ने पुरस्कार क्रमशः बुटवलबाट बिमल न्यौपाने, झापाबाट दीपा ओली र धनगढीबाट गिता मल्लले जितेका छन् । उत्कृष्ट बीमा अभिकर्ताहरुलाई सम्मान तथा नगद पुरस्कार हस्तान्तरण गरिएको थियो ।
काठमाडौंको सोल्टी होटलमा आयोजित भव्य समारोहमा पञ्चे बाजा, दुबोको माया लगाएर, खादा र अबिरसहित पुष्पबृष्टि गर्दै बेहुली झै सिगारेर मञ्चमा प्रस्तुत गरी पुरस्कार तथा सम्मान हस्तान्तरण गरिएको हो । भव्य कार्यक्रममा देशैभरिका चेयरपर्सन क्लवको लक्ष्य पुरा गर्न सफल ५०० भन्दा बढि एजेन्सी तथा अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमले बीमा एजेन्सी तथा अभिकर्ताहरुमा थप हौसला प्रदान गरेको सहभागीहरुले अनुभव सुनाएका छन् । बीमा व्यवसायको बृद्धिका लागि हौसला र प्रेरणा आवश्यक रहेको अवस्थामा कम्पनीले आफ्ना एजेन्सी तथा अभिकर्ताहरुलाई कार्यक्षेत्रमा थप उर्जा र जोश प्राप्त हुने गरी प्रशिक्षित गरेको जनाएको छ ।
सोही कार्यक्रममा नेशनल लाइफले लामो समयदेखि प्रदान गर्दै आएको छात्रबृत्ति रकम हस्तान्तरण गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मेहनती विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । देशैभरबाट सिफारिसमा परी छानिएका बिपन्न, असहाय र जेहेन्दार बालबालिकाहरुलाई कम्पनीले आवश्यक शैक्षिक खर्च बापतको रकम हस्तान्तरण गरेको हो ।