अजोड इन्स्योरेन्सले डाक्यो पाँचौ साधारण सभा, यस्ता छन् प्रस्तावहरु
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले यहि पुष ३० गते पाँचौ वार्षिक साधारण सभा डाकेको हो । सभा युनाइटेड वर्ड टे«ड सेन्टरको तेस्रो तल्ला, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।
कम्पनीको सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को पाँचौ वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । त्यस्तै लेखापरिक्षकको प्रतिवेदन सहित कम्पनीको आर्थिक वर्ष २०७८।७९ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाव तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरि पारित गर्ने छ ।
यसका अलावा कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम कम्पनीको २०७९।७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट पनि आफ्ना शेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । यसर्थ यसवर्ष पनि कम्पनीका शेयरधनीहरुको हात खाली हुनेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुस २१ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीले आयोजना गरेको साधारणसभामा भाग लिन पाउने छन् । यस अगाडीकै विशेष साधारणसभाबाट मर्जरको आवस्यक प्रकृयाँ अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी दिइसकेको हुँदा यस साधारणसभामा यस्तो कुनै पनि प्रस्ताव पेश गरिएको छैन ।