ज्योति लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन

१० पुष २०७९, आईतवार ०८:४८

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । साविक ज्योति लाइफको शेयर नेप्सेद्धारा परिमार्जन भएको हो । कम्पनीको ४५ लाख ९८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिमार्जन भएको हो ।

कम्पनीको संस्थापक शेयर हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समुहको ४९ प्रतिशत कायम हुने गरी संस्थापक समुहको ४५ लाख ९८ हजार कित्ता शेयर सर्वसाधारणमा अभिलेख भई कारोबार गर्न योग्य भएको नेप्सेले जनाएको छ ।

सविकको ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्सबीच मर्ज भएर पुस ७ गते बिहीबार देखि एकिकृत कारोबार शुरु गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*