सूर्यज्योति लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा भरत केसी नियुक्त
८ पुष २०७९, शुक्रबार ११:०८
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा भरत केसी नियुक्त भएका छन् ।
साविक सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीच एकआपसमा गाभिएपश्चात कायम सूर्यज्योति लाइफ इन्स्योरेन्सको पुष ७ गते बसेको संचालक समितिको बैठकले साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका कम्पनी सचिव केसीलाई मर्जरपछि बनेको नयाँ कम्पनीको सचिवमा नियुक्त गरेको हो ।